२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चुम्बन प्रकरण : स्पेनिस एफएका अध्यक्ष रुबियालेसद्वारा राजीनामा

मड्रिड, भदौ २५ गते । महिला विश्वकपको फाइनल खेलपछिको समारोहमा स्पेनकी फरवार्ड जेनी हरमोसोलाई चुम्बन गरेको विषयमा आलोचना खेपिरहेका स्पेनिस फुटबल फेडरेसनका अध्यक्ष लुइस रुबियालेसले पदबाट राजीनामा दिएका छन् । ३३ वर्षीय हरमोसोले सो चुम्बन सहमतिमा नभएको बताउँदै मंगलबार रुबियालेसविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । रुबियालेसले आफ्नो राजीनामा कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई बुझाएको जानकारी दिएका छन् ।

‘म मेरो कामलाई जारी राख्न सक्दिनँ,’ पियर्स मोर्गनको टेलिभिजन कार्यक्रममा उनले भने । ४६ वर्षीय रुबियालेसले यूईएफएको कार्यकारी समितिको उपाध्यक्षको पदबाट पनि राजीनामा दिएका छन् । चुम्बन प्रकरणले स्पेनिस फुटबल घेरिँदा महिलाको टोलीले जितेको विश्वकपको उपाधि नै ओझेलमा परेको थियो । रुबियालेसमाथि सुरुदेखि नै राजीनामाको दबाब परे पनि उनले त्यसलाई अस्वीकार गर्दै आइरहेका थिए । उनलाई विश्व फुटबलको नियामक निकायले भने निलम्बन गरिसकेको थियो ।

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस