२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

IND vs PAK Live: राहुल–विराट चौका–छक्काको बर्षा गर्दै व्यक्तिगत शतक स्कोर नजिक

IND vs PAK Live: नमस्कार, जनबोलीको लाइभ ब्लगमा स्वागत छ। बर्षाले हिजो रोकिएको भारत र पाकिस्तानबीचको सुपर फोरको खेल अहिले जारी छ । म्याचमा लोकेश राहुल र विराट कोहली चम्किएका छन् । राहुल अर्धशतक पूरा गरेर शतकको नजिक छन् । कोहलीपनि अर्धशतक पूरा गरेर उत्कृष्ट अवस्थामा छन् । लोकेश राहुल र विराट कोहलीले चौका र छक्काको बर्षा गराएका छन् । ४१ ओभरसम्म भारतले २५५ रन बनाइसकेको छ । राहुलले ८४ बलमा ७ चौका र २ छक्काको सहायतमा ७४ रन जोडेका छन् । ६१ बलमा ५९ रन जोड्न कोहलीले ५ चौका प्रहार गरेका छन् ।

बर्षाका कारण आइतबारको खेल सम्पन्न हुन सकेन । २४.१ ओभरपछि भारतको इनिङ्स वर्षाले रोकेको थियो । एसीसीले यस खेलको लागि रिजर्भ डे पहिले नै तय गरेको थियो। यस्तो अवस्थामा आजको खेल सम्पन्न हुनेछ । खेल ४ः४० बजे सुरु भएको थियो। भारतले २४.१ ओभरबाट खेल्न सुरु गरेको थियो । यो खेल ५०–५० ओभर खेलाइनेछ ।
टण्

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस