२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज सोमबार सुनको मूल्य बढ्यो

gold price today nepal

काठमाडौँ । आज सोमबार सुनको मूल्य बढेको छ । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको थियो । आज सोमबार एक सय रुपैयाँ बढेको छ ।

गत शुक्रबार प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा ४ सय रुपैयाँले घट्दै १ लाख ११ हजार ९ सय रुपैयाँ कायम भएको थियो । आज सोमबार १ लाख १२ हजार कायम भएको छ ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य भने गत शुक्रबारको तुलनामा आइतबार तोलामा १० रुपैयाँले घट्दै १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो । आज सोबमार ५ रुपैयाँ बढेर १ हजार ४ सय कायम भएको छ ।

 

 

 

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस