२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चीनसँग नेपालको चुच्चे नक्साको विषय जनताले थाहा पाउने राख्न प्रधानमन्त्रीलाई रास्वपाको सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधामन्त्रीलाई सात बुँदे लिखित सुझाव दिएको छ । आसन्न न्यूयोर्क र चीन भ्रमणका एजेण्डामा छलफलमा रास्वपाले नेपालको चुच्चे नक्सालाई जोड दिएको छ । अमेरिका र चीन भ्रमणमा जानुपूर्व प्रधानमन्त्रीहरुले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग परामर्श गर्नुभएको थियो ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा रास्वपा नेताहरुले सातबुँदे लिखित सुझाव दिएका छन् । रास्वपा नेता डोलप्रसाद अर्यालले भन्नुभयो, ‘नक्साको विषयमा जनताले थाहा पाउने लेभलमा धारणा राख्नुपर्यो भनेका छौं ।’ नेपालले जेठ २०७७ मै कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको भए पनि चीनले हालै सार्वजनिक गरेको नक्सामा नेपालको पुरानै नक्सा छ । दलहरुले आसन्न चीन भ्रमणमा यसलाई एजेन्डा बनाउन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको प्रधानमन्त्रीको कार्यालय स्रोतले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०८० भाद्र २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस