२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आज आइतबार फलफूल तथा तरकारीको मूल्य [ सूचीसहित ]

Prices of vegetables and fruits and all agricultural produce

काठमाडौं, भाद्र २४ गते । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आइतबार नेपाली गोलभेँडा सानो र भारतीय ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

लोकल सानो गोलभेँडा भने ३५ रुपैयाँ रहेको छ । आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४८, भारतीय सुकेको प्याज, ७० रुपैयाँ न्यूनतम् मूल्य निर्धारण गरेको छ । बजारमा आज काउली स्थानीय प्रतिकेजी ९० रुपैयाँ, गाजर प्रतिकेजी १३०,मूला रातो १००, घिउ सिमी लोकल ७०, भन्टा लाम्चो ५०,मकै बोडी ९०, भटमासकोशा १००,तितो करेला ८०,लौका ४०, परवल लोकल ५०, हरियो फर्सी ५०, सुकेको प्याज ७१ रुपैयाँ न्यूनतम् मूल्यमा किनबेच भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३००, कन्य च्याउ १८०, कुरीलो ४५०, निउरो ८०, ब्रोकाउली ३००, भिण्डी ५०, रायो साग १००,तोरीको साग ५०, हरियो प्याज १८०, काँक्रो लोकल ७० रुपैयाँ न्यूनतम् मूल्य निर्धारण गरेको समितिले जनाएको छ । फलफूलमा आज केरा दर्जनको १४०, फूजी स्याउ ३२०, अनार ३००, अंगुर कालो ४५०, तरबुजा ६०, मौसम १५०, लोकल नासपाती ७०, भारतीय मेवा ८०, एभोकाडो २०० र अम्बा १०० रुपैयाँ न्यूनतम् मूल्य तोकिएको छ ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. भदौ २४, २०८०

प्रकाशित मिति : २०८० भाद्र २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस