२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारत–पाकिस्तानबीचको खेल ‘रिजर्भ डे’ मा गयो, अब आज यसरी हुन्छ खेल

काठमाडौं । एसिया कप २०२३ को सुपर–४ अन्तर्गत आइतबार (सेप्टेम्बर १०) भएको भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण स्थगित भएको छ । बर्षाले आज खेल हुन नसक्ने अवस्था आएकाले रिजर्भ डे मा भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले २४.१ ओभरमा २ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

एसिया कप २०२३ को फाइनल र भारत–पाकिस्तान खेलका लागि पनि रिजर्भ डे राखिएको छ । अब यो खेल रिजर्भ डे अर्थात आज सोमबार (सेप्टेम्बर ११) मा सम्पन्न हुनेछ । रिजर्भ डेमा पनि भारतीय टोलीले २४.१ ओभरदेखि नै समान स्कोरका साथ खेल्न सुरु गर्नेछ। खेल आज २ः३० बजेबाट सुरु हुनेछ ।

खेलमा भारतीय टोलीले ओपनिङमा दमदार प्रदर्शन गरेको थियो । कप्तान रोहित शर्मा र शुभमन गिलले मिलेर १२१ रनको ओपनिङ साझेदारी गरे । रोहितले ४९ बलमा ५६ रनको इनिङ खेले । यस अवधिमा उनले ४ छक्का र ६ चौका प्रहार गरे । जहाँ शुभमन गिलले ५२ बलमा ५८ रनको उत्कृष्ट इनिङ खेले । खेलमा अहिलेसम्म शाहिन अफ्रिदी र शादाब खानले १–१ विकेट लिएका छन् ।

मैदान भिजेका कारण खेल हुन सकेन
वर्षा रोकिए पनि आउटफिल्ड भिजेको भएकाले खेल सुरु हुन सकेन । २० ओभरको खेलको कटअफ टाइम १०.३६ हो। त्यतिन्जेल खेल सुरु नभए खेल रोकिएको स्थानबाट भोलिपल्ट खेल सुरु हुनेछ । खेल २० ओभरको भए पाकिस्तानलाई १८१ रनको लक्ष्य दिनेछ ।

प्रकाशित मिति : २०८० भाद्र २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस