२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गायत्री मन्त्र कै सट्टा यति, ओम्नी, भाटभटेनी… जप्दै सरकार छानीछानी लखेट्छ : अध्यक्ष ओली [भिडियो]

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रिय पुँजीपतिहरुलाई छानिछानि लखेटिरहेको आरोप लगाउनुभएको छ । मीनबहादुर गुरुङ र यती होल्डिङ्सले राष्ट्रिय पुँजी निर्माणमा योगदान गरिरहेकाले उनीहरुमाथि सरकारले छानिछानि दुःख दिने काम गरेको ओलीको जिकिर छ ।

पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आइतबार च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारले नेतृत्व गरिरहेको माओवादी केन्द्रले त राष्ट्रिय पुँजीको निर्माणमा योगदान दिइरहेका गुरुङ र यती होल्डिङ्सविरुद्ध गायत्रीमन्त्र जपेजस्तो जपेर लखेट्ने काम गरिरहेको दाबी गर्नुभयो ।

यती होल्डिङलाई खेद्नेहरु दलाल पुँजीवादीहरु भएको भन्दै ओलीले यस्ताहरुको विरोध गर्न पाउने अवस्थासमेत मुलुकमा नरहेको बताउनुभयो । सरकारको गलत कार्यको विरुद्ध बोल्दा सांसदले समेत समातिनु परेको उल्लेख गर्दे उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा दलाल पुँजीवादहरुले मुलुकमा तमासा देखाइरहेको बताउनुभयो । उहाँले धनीपूर्जाको आधारमा जग्गा खरिद गर्ने गुरुङलाई किन समातेको ? भनि सरकारलाई प्रश्नसमेत गर्नुभयो ।

ओलीले भन्नुभयो, ‘अहिलेको सरकारले राष्ट्रिय उद्योगपति छानीछानी लखेट्छ। त्यो मीनबहादुर गुरुङलाई किन समातेको, किन कारबाही गरेको ? ५–६ जनाले किनिसकेको जमिन, उसले धनिपूर्जा हेर्‍यो, भएको मान्छेसँग किन्यो त। अनि, सरकारी जमिनलाई आफ्नो बनाउने, आफ्नो बनाउन लाग्ने, आफ्नो बनाउन लगाउने भ्रष्टाचार गर्नेहरु त तिनीहरु हुन नि। ती ठूला कुरा गरेर हिँड्ने।

अनि, अर्कोसँग धनीपूर्जा हेरेर मालमा गएर, भूमि सुधारमा गएर पास गरेको होला नि। सरकार अड्डामा गएर पास गरेको होइन ? त्यसरी पास गरेर जग्गा किनेको मान्छे उसलाई किन त्यस्तो ? अनि, के मीनबहादुर गुरुङ भागेर हिँड्थ्यो ? अनि यो सबै सम्पत्ति तिमीहरु खाऊ भनेर छोडेर हिँड्थ्यो ?’

 

 

प्रकाशित मिति : २०८० भाद्र २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस