२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणका एजेण्डामा छलफल

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणमा केन्द्रित छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाने तालिका तय भएको छ । सोही भ्रमणको तयारी तथा एजेन्डाबारे जानकारी गराउन र सुझाव लिन प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएको उहाँको सचिवालयले जनाएको छ । बैठकमा पूर्वप्रधानमन्त्रीहरु, संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु र पूर्वपरराष्ट्रमन्त्रीको सहभागिता रहेको छ ।

 

 

 

प्रकाशित मिति : २०८० भाद्र २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस