२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आगामी तीन दिन यस्तो हुँदैछ मौसम

weather forecast nepal today

काठमाडौं । आगामी तीन दिन नै देशभरको मौसम आंशिकदेखि पूर्ण रुपमा बदली हुनेछ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम विज्ञान विभाग जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको मध्यप्रदेश आसपासमा न्यून चापीय प्रणाली बनेकाले नेपालमा मौसम बदली हुनुका साथै वर्षा भएको हो ।

मौसमविद् सञ्जिव अधिकारीका अनुसार यस प्रणालीले विशेषगरी मध्य नेपालमा अन्य क्षेत्रको भन्दा बढी पानी पार्ने सम्भावना रहन्छ । अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको उहाँको भनाइ छ । राति कोशी, मधेश र लुम्बिनीका एक–दुई स्थानमा मध्यम वर्षा हुनेछ भने बाँकी भू–भागमा हल्का वर्षाको सम्भावना छ ।

भोलि दिउँसो बागमती, गण्डकीमा मध्यम वर्षा हुनेछ । शनिबार राति गण्डकी, लुम्बिनी र मधेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ। आइतबार दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक दुई स्थानमा मध्यम वर्षा हुनेछ । राति भने कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम र बाँकी प्रदेशमा हल्का वर्षाको सम्भावना छ। अब मनसुनको अन्तिम महिना भएका कारणले झरी नै पर्ने सम्भावना नरहेको मौसमविद् अधिकारीको भनाइ छ । नेपालमा मनसुन जेठ ३१ गते प्रवेश गरेको थियो । मनसुन आगामी असोज १५ गतेसम्म जारी रहनेछ।

 

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) जारी मिति: २०८० भाद्र २२ गते साँझ ०६:०० बजे

मौसम विश्लेषण (Meteorological Analysis) हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित छ।साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status) पासको हाल देशभर सामान्य बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

 

२०८० भदौ 2२ गते (शुक्रबार)

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०८० भदौ 2३ गते (शनिबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूर-पश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै मधेश, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

२०८० भदौ 2४ गते (आइतबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ।बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई-स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। मधेश, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै मधेश, लुम्बिनी र सुदूर-पश्चिम प्रदेशको एक-दुई-स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning / Advisory for next 24 hours) कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको छ। वर्षाका कारण क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम लगायत चट्याङ्ग तथा हावा-हुरीको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

 

 

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस