२०८१ भाद्र २२ गते शनिवार | 2024 September 7th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जानकी मन्दिरका पुजारीमाथि सांघातिक आक्रमण

जनकपुरधाम । रौतहटमा एक मन्दिरका पुजारी (साधु) माथि सांघातिक आक्रमण भएको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिका ३ देवीपर्सा टोलस्थित श्री रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण भएको हो ।

स्थानीयका उमेश साहका अनुसार बिहिवार राति करिब ११ बजे खाना पकाउने समयमा अज्ञात व्यक्तिले पुजारी साहको टाउकोमा धारिलो हतियार प्रहार गरेका थिए । साधु साहमाथि आक्रमण भएको थाहा पाएपछि स्थानीयले उपचारका लागि अस्पताल पुर्‍याएको थियो । अहिले उनको उपचार पिपरा बजारस्थित बागमती अस्पतालमा भइरहेको छ । रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले साधुमाथि आक्रमणबारे भर्खर जानकारी पाएको र प्रहरी पठाएको बताउनुभयो । आक्रमण कसले र किन गरेको कुरा खुल्न नसकेको उहाँको भनाई छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस