२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुरेश र रचनाको ‘अल्झिएको हुन्छु म’ मा कैलाश र क्रिष्टिनाको रोमान्स ( भिडियो )

काठमाडौं । गायक सुरेश लामा र गायिका रचना रिमालको युगल गायनमा रहेको ‘अल्झिएको हुन्छु म’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ। टिका दहालले संगीतवद्द गरेको यस गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा कैलाश न्यौपाने र क्रिष्टिना अनु बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। कैलाश र क्रिष्टिनाले यसै भिडियो मार्फत मोडलिङमा डेब्यु गरेका हुन्। अस्ट्रेलियाको विभिन्न रमणीय ठाउँहरुमा छायाँकन गरिएको गीतको भिडियोलाई सुरज पाण्डेले खिचेका हुन्। भिडियोलाई दिन्सन शाहले सम्पादन रहेको छ। भिम न्यौपानेको निर्देशनमा भिडियो तयार पारिएको हो।

न्यौपाने निर्देशित यो पहिलो म्युजिक भिडियो हो। व्यवसायी, फिल्म निर्माता एवम कलाकार समेत रहेका न्यौपानेले यसअघि चलचित्र निर्माण तथा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। बुद्ध ट्राभल एण्ड टुरको निर्माण सहयोग रहेको भिडियोलाई ‘बिजी इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

 

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस