२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हङकङमा भेटियो सुन तस्करीको नयाँ तथ्य, एसएसपी आचार्य लिएर आउँदै

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सुन तस्करीको अनुसन्धान गर्न सीआईबीका एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको थियो । १३ भदौमा हङकङ गएका आचार्य आज (शुक्रबार) मात्रै नेपाल फर्किदै हुनुहुन्छ । हङकङबाहेक सीआईबीका डीएसपी धर्म भण्डारीलाई भारत पठाइएको थियो । उहाँ भने दुईदिन अघि फर्किसकेको सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले जानकारी दिनुभयो ।

सुन तस्करीबारे हङकङबाट भने नयाँ तथ्य फेला परेको एआईजी बज्राचार्यको भनाइ छ । “हङकङमा केही नयाँ तथ्य फेला परेको छ । हामी त्यसलाई थप भेरिफाई गर्दैछौँ । अहिलेनै अनुसन्धानको क्रममै रहेकाले केही बोल्दिन,” एआईजी बज्राचार्यले भन्नुभयो ।

सुन हङकङ हुँदै क्याथे प्यासिफिकको उडानबाट कार्गोमार्फत नेपाल भित्रिएको थियो । भारतबाट भने डीएसपी भण्डारीले दुईदिन अघि बुटवलका सुमन खरेललाई पक्राउ गरेर नेपाल ल्याउनुभएको थियो । खरेल चिनियाँ नागरिकबाट सुन लिएर भारतीय व्यापारीलाई बुझाउने काममा सक्रिय रहेको खुलेको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस