२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कार्यकक्षमै लेखा अधिकृतसँग अश्लील क्रियाकलाप गर्ने प्रमुख प्रशासकीय अधिकृतको अवार्ड रद्द

काठमाडौं । कार्यकक्षमै लेखा अधिकृतसँग अश्लील क्रियाकलाप गर्ने इलामको माईजोगमाइ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अवार्ड रद्द भएको छ । केही दिनअघि कार्यकक्षमै लेखा अधिकृतसँग अश्लील क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएपछि राई थर भएका प्रमुख प्रशासकीय अधिकृतको ‘इन्टेग्रीटी आइकन नेपाल–२०१९’ अवार्ड रद्द भएको हो ।

‘अकाउण्टबिलिटी ल्याब नेपालले उनको अवार्ड रद्द गरेको हो । भिडियो सार्वजनिक भएपछि ल्याबले उनलाई स्पष्टीकरण सोधेको थियो । राईको जवाफ चित्त बुझ्दो नआएपछि अवार्ड नै रद्द गरिएको हो । ‘मेरो विषयमा सामाजिक सञ्जालमा आएको घटनाको जिम्मेवारी लिन तयार छु । समग्र आईकन परिवारलाई पर्न गएको क्षतिको लागि क्षमा चाहन्छु र यस सम्बन्धमा संस्थामार्फत हुने निर्णय मान्य छ’ राईले पठाएको स्पष्टीकरणमा भनिएको छ । ल्याबले इन्टेग्रिटी आइकन नेपाल निर्णायक समिति सदस्यहरूको सुझाव र निर्देशिकालाई आधार मानेर आयोजक संस्थाको निर्णय बमोजिम राइलाई ‘इन्टेग्रिटी आइकन नेपाल २०१९’ अवार्ड दिइएको उल्लेख गर्दै ल्याबले अनैतिक क्रियाकलाप सार्वजनिक भएपछि रद्द गरिएको जनाइएको छ । ल्याबले समाचारहरुमा संस्थाको नाम जोडेकोप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस