२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

forex : यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

money exchange rate in nepal today

forex : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ८४ पैसा र बिक्री दर १३३ रूपैयाँ ४४ पैसा कायम गरिएको छ भने युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ २६ पैसा र बिक्री दर १४२ रूपैयाँ ९१ पैसामा कारोबार हुनेछ ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ६१ पैसा र बिक्री दर १६६ रूपैयाँ ३६ पैसामा कारोबार हुदाँ अष्ट्रेलियन डलर खरिदमा ८४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८५ रुपैयाँ २ पैसा तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ २९ पैसा, बिक्रीदर ९७ रुपैयाँ ७३ पैसामा खरिदबिक्री गरिने छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ ५ पैसामा कारोबार गर्न अनुमति पाउँदा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९४ पैसा र बिक्रीदर ९ रूपैयाँ ९८ पैसामा खरिदबिक्री हुनेछ । यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४३ पैसा र बिक्री दर ३६ रूपैयाँ ६० पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ र बिक्री दर ३५.५८ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५२ रुपैयाँमा खरिदबिक्री हुनेछ । साथै, कुवेती दिनार १ को खरिदमूल्य ४३०.६६ पैसा र विक्रीदर ४३२.६ पैसामा कारोबार हुने जनाइएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस