२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछानेको मुद्दामा अदालतको फेरि आज अर्को आदेश

Sandeep Lamichhane

काठमाडौं । सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा नगएपछि अर्को पेशी भदौ २६ गतेलाई तोकिएको छ । न्यायाधीश सकुन्तला कार्कीले आज जाहेरीकर्ता गौशाला २६ को जन्मदर्ता र बसाइसराइका थप अभिलेखका ढड्डा माग गर्न आदेश दिनुभयो । अन्तिम फैसलापनि गर्नुभएन, हेर्दाहेर्दैमापनि राख्नुभएन । यस्तो भएपछि पुनः अर्का न्यायाधीशमा यो मुद्दा जान सक्नेछ ।

आज दिनभरि मुद्दाको वादी पक्षका वकिलहरुले बहस गर्नुभएको थियो । प्रतिवादी पक्षका वकिलको बहस आज हुन सक्ने अवस्था थिएन । सुनुवाइको अन्त्यमा प्रतिवादीका वकिल सरोज घिमिरेले गौशाला २६ को जन्ममिति विवाद किनारा लगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गौशालाको पुरानो ठेगाना काठमाडौंको शंकरापुर गाविसको सम्वन्धित वडाबाट जन्ममिति र बसाइसराइको ढड्डा मगाएर हेर्न न्यायाधीशसमक्ष माग गर्नुभयो ।

यसअघि अदालतले गौशाला २६ हालको ठेगाना नुवाकोटको तादी गाउँपालिकाबाट कागजातहरु मगाएको थियो । ती कागजातहरुमा उल्लेखित विवरण परस्परविरोधी थिए । गौशाला २६ को मात्र नभएर उहाँकी आमाको जन्ममिति पनि फरक–फरक पाएपछि मुद्दा उल्झनमा परिरहेको छ । सन्दीपका वकिलले शंकरापुरको वडामा निजको वास्तविक जन्ममिति हुन सक्ने भएकाले ढड्डा मगाउन सुझाउनुभयो । त्यसलाई स्वीकार्दै न्यायाधीश कार्कीले सोही आदेश दिनुभएको हो ।

 

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस