२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गीतकार चन्द्रलाल तामाङको शब्दमा रहेको “सृष्टि की सिर्जना” गीतको भिडियो सार्वजनिक [ भिडियोसहित ]

काठमाडौं । काठमाण्डौं । गीतकार चन्द्रलाल तामाङको शब्दमा रहेको “सृष्टि की सिर्जना“गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली आधुनिक प्रेमिल गीत मन पराउनु हुने स्रोता तथा दर्शकको लागि कृष्ण जन्माष्टमीको अवसर पारेर अत्यन्तै मिठो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा जिवनका प्रेमका सुनौला पलहरुलाई समेटिएको छ ।

मित्र के.सी. को संगीत, डा. शैलेश कुमार मिश्र तथा प्रेक्षा लम्सालको आवाज, विशाल निरौलाको एरेन्ज तथा रन्जन राईको रेकर्डिङ्ग र मिक्सिङ्ग रहेको गीत अलंकार रेकर्डिङ्ग स्टुडियो अनामनगरमा रेकर्ड गरिएको हो । विशाल गोङ्बाको छायाँकन , राज धामीको सम्पादन तथा राजाराम सिम्खडाको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा पुस्कर साउद र अञ्जली खड्गीको अभिनय रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

 

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस