काठमाडौं । नेपाल भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग १–० गोलले पराजित भएसँगै नेपाल बाहिरिएको हो ।
भारतको जितमा अर्बासले ३३औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो । नेपाल यसअघि समूह ‘ए’ को पहिलो खेलमा बङ्गलादेशसँग १–० गोलले नै पराजित भएको थियो । यस समूहबाट भारत र बङ्गलादेश सेमिफाइनलमा प्रवेश गरेको छ ।