२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कान्तिले भर्ना नगरेर अस्पताल परिसरमा बालिकाको मृत्युवरण घटनाको छानबिन हुने

काठमाडौं । कान्ति बाल अस्पतालले सोमबार राति आकस्मिक कक्षामा भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ । अस्पतालका निर्देशक डा. पकज रायका अनुसार सोमबार राति अस्पतालको आकस्मिक कक्षमा भएको घटनाको सत्यतथ्य बाहिर ल्याउन डा. प्रकाश जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

समितिले पाँच दिन भित्र सत्य, तथ्य पत्ता लगाएर प्रतिवेदन पेस गर्न अनुरोध गरेको डा. रायले जानकारी दिनुभयो । मकवानपुर थाहा नगरपालिका–१० घर भएर काठमाडौँ बाफलमा बस्दै आएकी पाँच वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो र तारन्तार बान्ता भएकोले सोमबार अपराह्न ५ बजे उहाँका आमा र हजुरबुवाले कान्ति अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउनु भएको थियो । आकस्मिक कक्षमा पालो कुर्दाकुर्दै उहाँको मृत्यु भएको थियो । परिवारका अनुसार उहाँहरूले आकस्मिक कक्षामा ८० मिनेट पालो कुर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र २० गते बुधवार
प्रतिक्रिया दिनुहोस