२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोशी सरकारको वैधानिकता विवाद सुल्झाउनु अघि पूर्ण इजलासले मतदानको भिडियो फुटेज हेर्ने

काठमाडौं । कोशी प्रदेश सरकारको वैधानिकताको मुद्दा हेरिरहेको सर्वोच्च अदालतको पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो नै हेर्ने भएको छ । न्यायाधीश सपना मल्ल प्रधान, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबार रिट निवेदकहरुको तर्फबाट बहस भएको थियो । आज प्रतिवादीहरुको तर्फबाट बहस हुनेछ ।

त्यसक्रममा इजलासमै विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो हेर्ने व्यवस्था मिलाइएको छ । इजलासमा भिजुअल हेर्ने कानूनी अभ्यास निक्कै कम छ । यसअघि नवराज सिलवालको कीर्ते मुद्दामा पनि महान्यायाधिवक्ताको कार्यालयले भिजुअल प्रिजेन्टेसन गरेको थियो । ४ भदौमा कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मत सच्याउने समयमा अर्का सदस्य गीता तिमिल्सिनालाई बैठकको अध्यक्षता गर्न लगाएर मतदान गर्नुभएको थियो । यही भिडियो हेरेर निर्णय लिइएमा सर्वोच्चमा नयाँ नजीर बन्नेछ ।

 

प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस