२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

Sri Lanka VS Afghanistan Live : चौका बर्षा गर्दै पहिलो पावर प्ले मा ६२ रन

Sri Lanka VS Afghanistan Live

Sri Lanka VS Afghanistan Live : एसिया कप क्रिकेट २०२३ मा आज श्रीलंका र अफगानिस्तान भिड्दैछन् । दुवै टोली सुपर–४ मा प्रवेशको लक्ष्यमा छन् । श्रीलंकाले टस जितेर ब्याटिङ रोजेको छ । पहिलो पावर प्ले श्रीलंकाका लागि उत्कृष्ट बनेको छ ।

एसिया कप २०२३ को यो छैटौं हो । दुवै टोली लाहोरको गद्दाफी स्टेडियममा भिड्दैछन् । बंगलादेश समूह बी बाट अर्को चरणमा प्रवेश गरिसकेको छ र अब आज श्रीलंका वा अफगानिस्तान जो विजेता हुन्छन् सोही टोली सुपर चारमा पुग्नेछ । दासुन शनाकाको नेतृत्वमा रहेको श्रीलंकाको टोलीले अफगानिस्तानलाई हराएसँगै सुपर–४ को टिकट काटिनेछ । हस्मातुल्लाह शाहिदीको नेतृत्वमा रहेको अफगानिस्तानको टोलीले अर्को चरणमा प्रवेश गर्न श्रीलंकाले दिने लक्ष्य पूरा गर्नुपर्नेछ । श्रीलंकाले पहिलो पावर प्ले (१० ओभर) मा विनाकुनै विकेटको क्षतिमा ६२ रन जोडेको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस