२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा पुगेर भेटवार्ता गर्नुभएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द्र आचार्यले समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको बताउनुभयो । भेटवार्तामा संसदलाई प्रभावकारी बनाउने, प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलगायतको विषयमा छलफल भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री र विपक्षी दलका नेताबीच छलफल हुनु सामान्य हो । सौहार्दपूर्ण रुपमा भएको भेटवार्तालाई आगामी दिनमा पनि जारी राख्ने सहमति भएको छ ।’

प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस