२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एसिया कप क्रिकेटको उपाधि विजेतालाई ४ करोड : कसले कति पुरस्कार पाउँछन्, नेपालका कसले पाए ?

Asia Cup Prize Money How Much Winners & Runner ups Earn

काठमाडौं । अहिले एसिया कप क्रिकेट जारी छ । समूह चरणबाट सुपर चारमा पुग्ने टोली चयन भएको छ । सुपर चारमा उक्लिने चरणको निर्णायक खेलमा नेपाल भारतसँग पराजित भएको छ । यो क्रिकेट प्रतियोगितामा पुरस्कार कति छ ? सबैको चासोको विषय हो । आउनुहोस् यो सम्बन्धि जानकारी राखौं ।

उपाधि विजेताले तीन लाख अमेरिकी डलर आउनेछन् । (नेपाली झण्डै ४ करोड)
उप-विजेताले दुई लाख अमेरिकी डलर पाउनेछन् । (नेपाली झण्डै दुई करोड ६५ लाख)
तेस्रो हुनेले एक लाख अमेरिकी डलर पाउनेछन् । (नेपाली झण्डै एक करोड ३३ लाख  )
चौथो हुनेले ५० हजार अमेरिकी डलर पाउनेछन् । (नेपाली झण्डै ६६ लाख ८६ हजार )
पाँचौ हुनेले १५ हजार अमेरिकी डलर पाउनेछन् । (नेपाली झण्डै १९ लाख ९३ हजार)
म्यान अफ दि सिरिजले २५ हजार अमेरिकी डलर पाउनेछन् । (नेपाली झण्डै ३३ लाख २३ हजार)
म्यान अफ दि म्याचले ५ हजार अमेरिकी डलर पाउनेछन् । (नेपाली झण्डै ६ लाख ६४ हजार)

नेपाल र भारतबीच भएको खेलमा म्यान अफ दि म्याचको अवार्ड भारतीय कप्तान रोहित शर्माले पाए । उनले ५ हजार अमेरिकी डलरको चेक लिए । यसैगरी नेपालका तिव्र गतिका बलर सोमपाल कामीले उत्कृष्ट प्रर्दशन गरे वापत ३ हजार अमेरिकी डलर प्राप्त गरे ।

 

प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस