२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

Nepal Vs India LIVE : बाबरबाट सिकेको टिम नेतृत्व आज भारतसँगको खेलमा प्रयोग गर्नेछु – रोहित

Nepali National Cricket Team Captain Rohit Paudel Nepal Vs India LIVE : : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले आफूले पाकिस्तानसँगको खेलबाट कप्तान बाबर आजमबाट नेतृत्व कला सिकेको बताएका छन् । भारतसँगको खेलअघि नेपाल क्रिकेट संघ क्यानको अफिसियल मिडियासँग कुरा गर्दै रोहितले पाकिस्तानसँगको खेलको समीक्षा गर्दै भारतसँगको खेलमा के के सुधार गर्न सकिन्छ भन्ने बताएका छन् । ‘कप्तानको रुपमा बाबरसँग लिडिङ फ्रम द फ्रन्ट (टिमलाई अगाडिबाट नेतृत्व गर्नु) भन्ने कुरा सिकेको छु । आउने खेलमा मैले प्रेसरको अवस्थालाई कसरी सम्हालेर टिमलाई अगाडि लिएर जाने भन्ने कुरा सिकेको छु’, रोहितले भने ।

नेपाली टिम पाकिस्तानसँगको खेलबाट सकरात्मक कुराहरु सिकेर अगाडि बढेको उनले बताए । ‘सबैजना सकरात्मक तरिकाले मुभअन भएका छौं । हामीले पाकिस्तानसँगको खेलबाट सकरात्मक कुरा सिकेर भारतको खेलमा प्रयोग गर्नेछौं’, उनले भने । ‘हाम्रो बलिङ यूनिटले ३० ओभरसम्म राम्रो गरिरहेको थियो,’ पाकिस्तानसँगको खेलको समीक्ष गदै एनले भने, ‘सेट ब्याटर बाबर आजम र हामी विशेषत ब्याटिङ युनिटले प्रेसरमा पनि कसरी सम्हालिएर खेल्ने भन्ने कुरा हामीले अघिल्लो खेलबाट सिक्नु पर्छ ।’

‘भारतसँगको खेलमा हामी पाकिस्तानसँगको खेलबाट सिकेका कुरा लिएर जानुपर्छ । हामीलाई भारतले पनि कतिपय अवस्थामा प्रेसरमा राख्छ होला, त्यो अवस्थामा प्रेसर कसरी सम्हाल्ने र अगाडि बढ्ने भन्ने सिक्न सकिन्छ ।’ खेलाडीको मेहनतका कारण नेपाल यो एसिया कपसम्म आइपुगेको उनले बताए । ‘हामी एसिया कप डिजर्भ गछौं । हामीले अनुशासित भएर खेल्नुपर्छ । कसरी अनुभवी बलरहरुको बल ट्याकल गर्ने कसरी सम्हालिने भन्ने हुन्छ । बलरहरुले पनि बल फ्याक्ने कुरामा अनुशासित भएर खेल्नुपर्छ ।’

नेपाललाई ठूलो प्लेटफर्ममा प्रस्तुत गर्नु निकै ठूलो जिम्मेवारी भएको कप्तान रोहितले बताए । ‘एकदमै ठूलो जिम्मेवारी छ । मेरो लागि मात्रै नभएर हामी सबैको लागि जिम्मेवारी र अवसर हो ।’ नतिना आफ्नो पक्षमा नआउँदा नराम्रो लागेको उनले सुनाए । उनले नेपाली टिमलाई हार्दा कमजोरी देखाउँदै सकरात्मक तरिकाले हौसला दिन अनुरोध गरेका छन् । ‘नराम्रो लाग्छ । सोचेजस्तो नतिजा आउँदैन । हामीले जहिल्यै जित्छौं भन्ने हुँदैन । हार पनि खेलको पक्ष हो । हार्दा सबैले आलोचना गरिरहेका हुन्छन् सबैलाई यहि भन्न चाहन्छु कि कसरी खेलाडीलाई मोटिभेट गर्नुस् । कमजोरी औल्याउनुस्, तर आउँदो दिनमा पनि माया र समर्थन गर्दिनुस् ।’

 

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस