२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

Nepal Vs India Live : धेरै ठूलो पानी परिरहेको छ

Nepal Vs India Live : एसिया कप अन्तर्गत नेपाल र भारतबीच क्रिकेट प्रतियोगिता जारी छ । तर भारी बर्षाका कारण खेल स्थगित भएको छ । नेपालले निक्कै शानदार ब्याटिङ गरेर बलिङ गरिरहेको छ । २३१ रनको लक्ष्य पछ्याउन भारतले ब्याटिङ सुरु मात्र गरेको थियो । खेल हुन नसकेर स्थगित भएमा भारत र नेपालले बराबरी अंक बाड्नेछन् ।

अंक बाँडिदा मात्रपनि भारत अर्को चरणमा प्रवेश गर्छ । नेपाल भने इतिहास रच्नमा चुक्छ । भर्खरैको अपडेट अनुसार यहाँ धेरै ठूलो पानी परिरहेको छ । यसका कारण ग्राउन्ड स्टाफले अहिले सम्पूर्ण मैदानलाई कभरले ढाकेका छन् । यो खेल सुरु हुन निकै लामो प्रतिक्षा हुने देखिन्छ । वर्षाका कारण खेल रोकिएको हो । यस्तो अवस्था लामो समय रहे हामी नेपाल भारतबीचको थप खेल हेर्न पाउँदैनौं । आशा गर्छौं कि वर्षा धेरै समय नहोस् र हामी चाँडै नेपाल भारतको खेल हेर्न पाउनेछौं।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस