२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

Nepal Vs India Live : भारतविरुद्ध नेपालको शानदार पारी : २०० रन कटाएपछि झनै तिव्र

Nepal Vs India Live : एसिया कपमा नेपालले भारतविरुद्ध २०० रन पूरा गरेको छ । दुई सय रन पुगेपछि झनै तिव्र ब्याटिङ देखिएको छ । श्रीलंकाको पल्लाकाले स्टुडियममा जारी एसिया कपमा भारतविरुद्ध दुई सय रन पुरा नेपालले बनाउँदा ओपनर आसिफ शेखले अर्ध शतक बनाएका छन् ।

शेखले आठ चौकाको मद्दतम ५८ रन जोडेर आउट भए । अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दिपेन्द्रसिं ऐरी २९ र गुल्शन झा २३ रन बनाएर आउट भए ।

भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए । ऐरीसँग ५० रनको साझेदारी गरेका सोमपाल कामी नटआउट २७ रन बनाएर खेलिरहेका छन् । कामीसँग साझेदारी गरिरहेका सन्दीप लामिछानेले ३ रन जोडेका छन् ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस