२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल भारतसँग १० विकेटले पराजित, नेपालको शानदार खेल भन्दै विश्वभर प्रसंशा

Nepal Vs India Cricket Asian Cup India won by 10 wickets (with 17 balls remaining) (DLS method) : एसिया कप २०२३ अन्तर्गत नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । पारजित भएपनि शानदार प्रस्तुती भन्दै विश्वभर प्रसंशा चुलिएको छ । नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएर भारतले ब्याटिङ गरिरहदा खेल वर्षा प्रभावित हुँदा भारतलाई नयाँ लक्ष्य दिइएको थियो ।

डिएलएस मेथडअनुसार भारतलाई २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य दिइएको छ। भारतले १७ बल बाँकी रहँदा संघर्षपूर्ण रुपमा लक्ष्य पूरा गरेको छ । सोमबार भारतको जितमा रोहित शर्माले ७४ र शुभमन गिलले ६७ रन जोडे ।

टस जितेको भारतले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २३० रनमा अलआउट भयो। नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भए। उनी ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए। उनी एसिया कपमा तथा भारतविरूद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बने।

अर्का ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए। शार्दूल ठाकुरको बलमा दशौं ओभरको पाँचौ बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्का हिर्काए। उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। भुर्तेलविरूद्ध पहिलो ओ‌भरमा श्रेयस अय्यरले र चौथो ओभरमा इशान किसनले क्याच छाडेका थिए। यस्तै आसिफको क्याच दोस्रो ओभरमा विराट कोहलीले छाडेका थिए।

भुर्तेल आउट भएपछि भने नेपालले लगातार विकेट गुमायो। कप्तान रोहित पौडेल रविन्द्र जडेजाको बलमा ५ रनमा आउट भए। कुशल मल्ल चौथो विकेटको रुपमा २ रनमै आउट भए। भीम सार्की पनि ७ रनमा भारतका जडेजाको बलमा १६ ओ‌भरमा बोल्ड भए। छैटौं विकेटको रुपमा गुल्सन झा ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाएर आउट भए। उनले आसिफ शेखसँग पाँचौ विकेटका लागि ३१ रनको साझेदारी गरे।

दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीबीच सातौं विकेटका लागि ५० रनको साझेदारी भयो। दीपेन्द्रले हार्दिक पाण्ड्याको एलबिडब्लूको धरापमा पर्नुअघि २५ बलमा ३ चौकाको मद्दतमा २९ रनको योगदान गरे। आठौं विकेटको रूपमा आउट हुनुअघि सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरे। मोहमद सामीको बलमा ४७।२ ओभरमा आउट हुनुअघि उनले ४८ रन जोडे। सोमपालले ५६ बलमा १ चौका र २ छक्का हिर्काए। लगत्तै सन्दीप लामिछाने ९ रनमा रनआउट भएका थिए भने अन्तिम विकेटको रुपमा ललित राजवंशी शून्यमा आउट भए। बलिङमा भारतका जडेजा र मोहमद सिराजले ३–३ विकेट लिए। खेलमा जित हात पार्दै टीम इण्डिया सुपर फोरमा पुगेको छ । यसअघि नेपाल एसियन कपको आफ्नो पहिलो खेल पाकिस्तानसँग पराजित भएको थियो ।

 

 

 

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस