२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालेनले हटाए विवादित स्ट्याटस, माफी भने मागेनन्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन शाह) ले दुई दिनअघि फेसबुकमा लेखेको स्टाटस तीव्र विवादित भएपछि हटाउनुभएको छ । नेपाल र भारतको क्रिकेट म्याच हेर्न श्रीलङ्का पुग्नुभएका बालेनले उतैबाट स्टाटस डिलिट गर्नुभएको हो ।

आफ्नी श्रीमती चढेको महानगरपालिकाको गाडीलाई ट्राफिक प्रहरीले रोकेर केरकार गरेको झोकमा बालेनले फेसबुकमा उत्तेजक अभिव्यक्ति दिनुभएको थियो । उहाँले अब आइन्दा महानगरको कुनै पनि गाडी सरकारले रोकेको खण्डमा ‘सिंहदरबारमै आगो लगाइदिने’ धम्की समेत दिनुभएको थियो । साथै सरकारलाई चोरको संज्ञा समेत दिएको स्टाटसले हंगामा मच्चिएको थियो ।

बालेनले कुनै प्रतिक्रियाबिना आज चुपचाप स्टाटस डिलिट गर्नुभएको छ । उहाँले आफ्नो अभिव्यक्तिलाई लिएर क्षमायाचना भने गर्नुभएको छैन । हिजो उहाँको सचिवालयले विज्ञप्ति जारी गर्दै महानगरको गाडी रोकिएको घटनाबारे प्रष्टीकरण दिएको थियो । तर, बालेनको स्टाटसबारे त्यसमा केही उल्लेख थिएन ।

 

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस