२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लुम्बिनीमा सर्वसहमतिमा नेतृत्व चयन गर्ने प्रयासमा एमाले

रुपन्देही । नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास भएको छ । पार्टी सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याललाई सहमतिमा नेतृत्व चुन्न जिम्मेवारी दिएर अध्यक्ष केपी शर्मा ओली काठमाडौं आउनुभएको छ ।

काठमाडौं फर्किनुअघि आइतबार बिहान बन्द सत्रमा सम्बोधन गर्दै ओलीले एकताबद्ध भएर जान प्रतिनिधिलाई निर्देशन गर्दै पार्टीको सबै निर्णय गर्ने अधिकार अर्याललाई रहेको जानकारी गराउनुभएको थियो । एउटा पद नहुँदै केही बिग्रिने छैन, म नभए पनि विष्णुजी नभए पनि सबै अधिकार इन्चार्ज अर्यालजीलाई दिएको छु, यहाँको सबै आधिकारिक निर्णय उहाँले सुनाउनुहुन्छ, नमाने चुनावमा जाने अधिकार सबै प्रतिनिधिलाई छ, ओलीले भन्नुभयो । नेताहरूलाई पार्टी निर्माणका लागि त्याग गरेर अघि बढ्न आग्रह गर्छु ।

‘मेरो अन्तिम निष्कर्ष चुनावमा भरसक नजानुस् । लुम्बिनीले नमूना देखाउँछ भनेर पहिले नम्बरमा राखेका हौं’, अध्यक्ष ओलीले भन्नुभयो, ‘एउटा पद नहुँदैमा केही बिग्रिँदैन । नेतृत्वले पार्टी हितविपरीत केही पनि सोच्दैन । तपाईँहरू एकताबद्ध भएर जानै पर्छ । तपाईँहरू पार्टीलाई के असर पर्छ भनेर सोचेर जानुपर्छ ।’

 

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस