२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित

Sujan Oli was elected as the president of Society Of Economic Journalists :

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सुजन ओली निर्वाचित हुनुभएको छ । सेजनको आज सम्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

अध्यक्ष ओलीले ९९ मत ल्याउनुभयो । उहाँका प्रतिद्वन्द्वी सिरोमनि ढुङ्गानाले ९६ मत ल्याउनुभयो । यसैगरी सेजनको उपाध्यक्षमा विनय बन्जरा निर्वाचित हुनुभएको छ । महासचिवमा विश्वास रेग्मी यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको थियो । सचिवमा सोभित थपलिया र कोषध्यमा अच्युत पुरी निर्वाचित हुनुभएको छ ।

सदस्यमा केशु लामिछाने, हेमराज जोशी, वसन्तराज उप्रेती, ममता थापा र छवि सापकोटा निर्वाचित हुनुभएको छ । निर्वाचनमा कुल दुई सय ७१ मतमध्ये दुई सय ५२ मत खसेको थियो ।

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस