२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवि लामिछाने नेपाल–भारत म्याच हेर्न श्रीलंका उडे, बालेनको पनि तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने एसिया कपको नेपाल–भारत म्याच हेर्न श्रीलंकातर्फ जानुभएको छ । उहाँ पत्नी निकिता पौडेल र पार्टीका सहयोगी दीपक बोहरासहित श्रीलंका प्रस्थान गर्नुभएको हो ।

नेपाल र भारतबीच भोलि समूह चरणको अन्तिम खेल हुँदैछ । विजेता टीम दोस्रो चरणमा पुग्नेछ । राष्ट्रिय टीमलाई हौसला दिन सभापति लामिछाने श्रीलंका जानुभएको बुझिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पनि श्रीलंका जाने बुझिएको छ । स्रोतका अनुसार उहाँसहित तीनजनाको टोली आज श्रीलंका जादैछ ।

 

 

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस