ktm Motorcycles Nepal Exchange Offer : केटिएम एक्स्चेञ्ज क्याम्पमा जुनसुकै ब्राण्डको पुरानो मोटरसाइल ल्याएर नयाँसँग साट्न पाइने भएको छ । यस्तो एक्सचेञ्ज क्याम्प भदौ १७ देखि २२ सम्म सञ्चालन हुने बताइएको छ । केटिएमको नक्सालस्थित शोरुममा एक्स्चेञ्ज क्याम्प सञ्चालन हुने छ । पुरानो बाईकको मूल्यांकनमा थप १५ हजार अतिरिक्त प्रदान गरेर नयाँ मोटरसाइकल उपलब्ध गराइने आयोजकले बताएको छ ।
त्यसबाहेक, नयाँ बाईक किन्नेका लागि ५० प्रतिशत डाउनपेमेण्ट गर्ने सुविधा रहेको कम्पनीले बताएको छ । नगदमै बाईक किन्नेहरुले पनि १० हजार छुट सुविधा पाउने र फाइनान्स सुबिधा लिनेका लागि पाँच हजार छुटको व्यवस्था मिलाइएको कम्पनीले बताएको छ ।