२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालेनलाई परिवार भन्दा देशको चिन्ता : बिरामी छोरी छोडेर भारतविरुद्ध नेपाललाई हौसला दिन जाँदै

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) श्रीलंका जाँदै हुनुहुन्छ । । उहाँ एशिया कप अन्तर्गत सोमबार हुने नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका जान लाग्नुभएको हो ।

मेयर शाह हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जान लाग्नुभएको हो । मेयर शाह नेपाली क्रिकेट खेलाडीहरुको हौसला बढाउनका लागि श्रीलंका जान लाग्नुभएको बुझिएको छ । मेयर शाह आफ्नो बिरामी छोरी र श्रीमती छोडेर खेलाडीलाई हौसला दिनकै लागि श्रीलंका जान लाग्नुभएको सचिवालयले जनाएको छ । हाल उहाँकी छोरीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस