२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अरु लैनचौर दौडिहाल्छन्, रवि लामिछाने नगएपछि भेट्न भारतीय राजदूतको टोली रास्वपा मुख्यालयमा पुग्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । पार्टी कार्यालय वनस्थलीमा पुगेर राजदूत श्रीवास्तवले सभापति लामिछानेसँग भेटवार्ता गर्नुभयो ।

भेटमा मूख्य एजेण्डा सुशासन, सामाजिक न्याय र आर्थिक विकास रहेको र नेपालको समृद्धिका लागि नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउनका साथै आपसी चासोका मुद्दाहरूलाई संवादमार्फत् हल गर्दै जानु पर्ने कुरा सभापति लामिछानेले राख्नुभएको छ । उक्त भेटमा पार्टीका तर्फबाट महामन्त्री डा. मुकुल ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख तथा प्रतिनिधि सभा सदस्य शिशिर खनाल र प्रतिनिधि सभा सदस्य मनिष झा पनि सहभागी रहनुभएको थियो ।

 

Indian ambassador’s meet Rabi Lamichhane

प्रकाशित मिति : २०८० भाद्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस