२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सल्यानमा केटी-केटीबीच विवाह

Girl-girl marriage in Salyan

सल्यान । सल्यानमा दुइजना केटीहरुबीच विवाह भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर १ ठिनबाङज्यूलाकी अमिसा बस्नेत र वडा नम्बर ८ कोटमौलाकी योजना केसीबीच विवाह भएको छ । उनिहरु दुवैजना केटी हुन् ।

३ वर्षदेखि आफुहरु प्रेम सम्बन्धमा रहेको बताउने उनिहरुले राजीखुसी मन्दिरमा पुगेर विवाह गरेकी हुन् । आपसी समझदारीमा योजना अहिले अमिसाको घरमा गएर बसेकी छन् । माया बसेकै कारण विवाह गरेको उनिहरुको प्रतिक्रिया छ । ‘हामीहरु केटी–केटी नै हौं । समाजले सोचेजस्तो तेस्रो लिंगी पनि होइनौं । कुनै भाइरल हुनलाइ पनि विवाह गरेका होइनौं, माया बसेर नै विवाह गरेका हौं’, योजनाले भनिन् ।

घरपरिवारले नमानेको कारण मन्दिरमा गएर सिन्दुर र पोते लगाएको र अब घरमै विधी पुरा गरेर खुल्ला रूपमा विवाह गर्ने तयारी भएको योजना केसीको भनाइ छ । अहिले अमिसाको घरमा परिवारले विवाह स्वीकार गरिसकेको र योजनाको घर परिवारले केटीकेटीबीच विवाह गर्न नहुने बताइरहेको उनिहरुको भनाइ छ । दुवैजना स्थानीय जनकल्यान क्याम्पस थारमारेमा अध्यनरत छन् । दुवैजनाले जिन्दगीभर सँगै भैरहने बाचा समेत गरेको बताएका छन् ।

 

प्रकाशित मिति : २०८० भाद्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस