२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

Auto accident in Dhangadhi : धनगढीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

Auto accident in Dhangadhi : धनगढीमा अटो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । शुुक्रबार साँझ धनगढी उपमहानगरपालिका–५ को तारानगरमा से१ह २८९९ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा चालक ५० वर्षीय गंगा केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अटो आफैं अनियन्त्रित भएर पल्टिंदा घाइते भएका केसीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । अटो तारानगरबाट राष्ट्र बैंक चोकतर्फ आउने क्रममा भित्रि सडकखण्डमा दुर्घटनामा परेको थियो । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस