२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भक्तपुरबाट २ थान कटुवा पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । भक्तपुरबाट दुई थान कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर घर घइ हाल भक्तपुरको लोकन्थली बस्ने ४० वर्षीय जंगे माझी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार बुधबार बेलुका साढे ७ बजे लोकन्थलीको कखरा स्कुल नजिकै बाटोमा शंकास्पद क्रियाकलाप गरी बसेको अवस्थामा गस्ती प्रहरी टोली उनलाई फेला पारेको थियो । त्यसपछि उनलाई सोधपुछ गरी शरीर खानतलासी गर्दा दुई थान कटुवा पेस्तोल र एक थान गोलीसहित पक्राउ गरिएको प्रवक्ता पाठकले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उनलाई प्रहरी वृत्त ठिमीमा राखिएको छ । माझीसँगै भएका ठेगाना नखुलेका अन्दाजी २८र३० वर्षका अश्विन दाहाललाई चेकजाँचको क्रममा फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट उनीहरुले लुटपाटको योजना बनाइरहेको भन्ने खुलेको पनि प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस