२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

mugling

चितवन । पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । टोपे खोलामा आज बिहान खसेको पहिरोको मुग्लिन-नारायणगढ सडक बन्द भएको हो ।

अहिले पहिरो पन्छाएर एकतर्फीमात्र बाटो खुलाइएको छ । सबै पहिरो पन्छाएर दुईतर्फी नै सवारी साधन गुड्न अझै केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरो हटाइन्जेल सवारी साधनहरुलाई मुग्लिन र जुगेडीमा रोकिएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस