२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

५२ सालको जनयुद्ध व्युँत्याउने विप्लवको चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली जनताको भावना विपरीत एमसीसी कार्यान्वयन भए २०५२ सालको जनयुद्ध व्युँत्याउने चेतावनी दिनुभएको छ । सडक संघर्षमा उत्रिएका विप्लवले एमसीसी नेपाली जनताको भावना र चाहना विपरीत रहेको र यसले नेपाललाई युद्धतर्फ धकेल्ने बताउनुभयो । महासचिव विप्लवले सरकारले एमसीसीको विरोध गर्नेलाई जेल हाल्छु भन्ने सोच राखेको र एमसीसीलाई जबरजस्त कार्यान्वयन गराउन खोजेको खण्डमा देशमा अर्को जनयुद्धको सुरुवात हुने बताउनुभयो ।

‘एमसीसीको विरोध गर्ने नेपाली नागरिकहरुलाई जेल हाल्छु भन्ने हो भने या जेल हाल्छु भन्यो भने यो सुनिराख्नुस्, कांग्रेसले पनि सुन्न जरुरी छ र प्रचण्डले पनि सुन्न जरुरी छ, के हेक्का राखोस् भने एमसीसीले शान्ति होईन् नेपालमा अर्को ०५२ सालको तयारी गर्दैछ । यो कुरा राम्रोसँग हेक्का राख्नुपर्छ,’– उहाँले भन्नुभयो । नेपाली जनताले अस्वीकार गर्दागर्दै एमसीसीलाई लाग्छु भन्ने सपना देख्नु भनेको नेपालमा युद्ध जन्माउनु भएको उहाँले बताउनुभयो । एमसीसी नेपालका कम्युनिष्ट र वामपन्थीहरुलाई सखाप पार्ने हेतुका साथ नेपालमा प्रवेश भएको उहाँको दाबी छ ।

नेपालमा विकासको नाम दिएर साम्राज्यवादी घुसपैठ गर्छुभन्ने नठान्न उनले अमेरिकालाई चुनौति दिनुभयो । नेपालमा समाजिक सद्भाव खल्बल्याउने काममा राम्राज्यवादीको गोटीहरु लागेको उहाँको अरोप छ । कम्युनिष्टहरु सामाजिक सद्भाव भड्काउने काममा कहिले पनि नलागेको उहाँको भनाई छ । सरकारले विकास र शान्ति चाहने हो भने एमसीसी खारेज गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस