२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हिजो ६ सयले बढेको सुनको मूल्य आज झनै बढ्यो

today gold price in nepal

today gold price in nepal :

काठमाडौं । हिजो ६ सयले बढेको सुनको मूल्य आज झनै बढेको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख १२ हजार ५ सय छ । हिजो एक लाख ११ हजार सात सय निर्धारण गरिएको थियो । हिजो अघिल्लो दिन प्रतितोला रु. ६ सयले बढेको थियो । आज ८ सयले बढेकोछ । दुई दिनमा १४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख ११ हजार ९ सय ५० कायम भएको छ। त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. २० रुपैयाँ बढेको छ । आज एक हजार चार सय ८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

 

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस