Nepal took second consecutive wicket against Pakistan
काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ । कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् ।
यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए । रोहित पौडेल नेतृत्वको नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख , दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् । पाकिस्तानले टस जितेपछि पहिले ब्याटिङ गरिरहेको छ ।