२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजको विदेशी मुद्राको विनिमय दर, बेलायती पाउन्ड १६६ रूपैयाँ बढी

money exchange rate in nepal today

money exchange rate in nepal today :

काठमाडौ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम भएकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०४ पैसा र बिक्री दर १३२ रूपैयाँ ६४ पैसा तथा युराेपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ७२ पैसा र बिक्री दर १४३ रूपैयाँ ३७ पैसामा खरिदबिक्री गर्न सकिनेछ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ३१ पैसा र बिक्री दर १६७ रूपैयाँ ०७ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.९३ रुपैयाँ र बिक्री दर ८५.३१ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४३ पैसामा काराेबार गर्न सकिनेछ ।

जापानिज येन १० को खरिदमा ८.९९ रुपैयाँ र बिक्रीदर ९ रुपैयाँ ३ पैसा भाउ पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९७ पैसा र बिक्रीदर १० रूपैयाँ २ पैसा कायम भएकाे छ । यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२ रुपैयाँ र बिक्री दर ३५.३६ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५५ रुपैयाँमा खरिदबिक्री गर्ने अनुमति दिएकाे छ ।

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२८.१३ पैसा विक्रीदर ४३०.८ पैसामा काराेबार हुनेछ ।

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस