२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालले ३ विकेट गुमायो, कप्तान रोहित शून्य रनमै आउट

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा नेपाललाई सुरुवाती झड्का लागेको छ । जितको लागि ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २ ओभरमै ३ विकेट गुमाउँदै १३ रन बनाएको छ । साहिन शाह अफ्रिदीले पाँचौं र छेटौं बलमा कुशल भुर्तेल र रोहित पौडेललाई आउट गरेका थिए । आरिफ शेख पनि पाँच रनमै आउट भएका छन् ।

नेपालका ओपनर कुशल भुर्तेलले शाहिन शाह अफ्रिदीलाई सुरुवाती दुई बलमा चौका प्रहार गर्दै सुरुवात गरेका थिए । तर लेग साइडको पाँचौं बलमा एज लागेर विकेटकिपर मोहम्मद रिजवानबाट क्याच आउट भए । लगत्तै अर्को बलमा रोहित पौडेल गोल्डेन डक आउट भए । उनी एलबीडब्लू आउट भए । पहिलो रिभ्यु लिएपनि सफल हुन सकेनन् । रोहित नेपाली क्रिकेटमा रिभ्यु लिने पहिलो खेलाडी बनेका छन् ।

मुल्तान क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनायो । पाकिस्तानका बाबर आजमले १ सय ३१ बलमा १४ चौका र ४ छक्कासहित १ सय ५१ रनको सानदार शतकीय इनिङ खेले । इफ्तिखार अहमद ७१ बलमा ११ चौका र ४ छक्कासहित १ सय ९ रनमा अविजित रहे ।

 

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस