२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सेनाका सेनानी पण्डित चार दिनदेखि बेपत्ता

Nepal Army Pandit has been missing for four days

Nepal Army Pandit has been missing for four days

जाजरकोट । डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति सेनानी विमल पण्डित बेपत्ता भएको चार दिन बित्दा पनि सम्पर्क आउनुभएको छैन । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार आइतबार अपराह्न ३ः०० बजे बजार घुमेर आउँछु भनी भदालेस्थित गुल्म निस्कनुभएका सेनानी पण्डित साँझसम्म पनि नफर्किएपछि उहाँको खोजी गर्न थालिएको थियो ।

त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र रहेको त्रिपुराकोट र जुफाल बजारलगायतका स्थानमा आइतबार साँझदेखि नै खोजी गर्दा पनि सेनानी पण्डित कतै नभेटिएको उहाँले बताउनुभयो ।

सेनानी पण्डितको मोबाइल पनि अफ रहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो । उहाँको खोजी गर्न ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले सेनानी पण्डित अङ्गरक्षकलाई साथमा नलिएर एक्लै हिँड्नुभएकाले पनि खोज्न समस्या भएको बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस