२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

समाचार चित्त नबुझेको उजुरी काउन्सिलमा दिनुपर्ने प्रहरीकोमा पुगेपछि फनफनी घुम्दैछिन् समीक्षा

काठमाडौं । आफ्नै देशका कानूनका सन्र्दभमा उचित सुझाव सल्लाह नपाउँदा गायिक समीक्षा अधिकारीले झन्झट खेपिरहेकी छिन् । केही दिन अघि अस्ट्रेलियाको भिसा सम्बन्धमा प्रकाशित प्रसारित समाचारमा समीक्षाको चित्त नबुझेको देखिन्छ । त्यसपछि समाचार प्रकाशित गर्ने भन्दापनि शेयर गर्ने शोसल मिडियाविरुद्ध उजुरी लिएर समीक्षा प्रहरी कार्यालय पुगिन् । जिल्ला प्रहरी कार्यालय कास्किमा केही शोसल मिडियाविरुद्ध ठाडो उजुरी दिइन् ।

तर त्यो व्यावहारिक थिएन । पेजमा शेयर भएका समाचार कानून सम्वत दर्ता भएका सञ्चार माध्यममा रहेको देखिन्छ । तथ्यलाई पुष्टि गर्ने दावी सञ्चार माध्यमले गरिरहेका छन् । शोसल मिडियामा आफूलाई मन परेको वा त्यसलाई प्रतिक्रिया जनाउँने उदेश्यले डिजिटल मिडियाका लिंकहरु शेयर हुन्छन् । नेपालको कानून अनुसार यसरी दर्ता भएका मिडियाका समाचार शेयर गर्ने शोसल मिडियालाई कारबाही हैन, समाचार प्रकाशित गर्ने सञ्चार माध्यमलाई कानूनी दायरामा ल्याउनुपर्छ । पेजमा शेयर भएको समाचार पेजबाट डिलिट भएपनि अरुले शेयर गरिसकेका हुन्छन् ।

त्यो मुल रुपमा नै रहन्छ । यसैले मिडियाविरुद्ध उजुरी दिनुपर्ने हो । प्रहरी समक्ष शोसल मिडियामा पोष्ट भएका सामाग्रीका विषयमा जाहेरी दिएपनि त्यो डिजिटल मिडियाको सामाग्री हो भन्ने देखिएमा प्रहरीले प्रेस काउन्सिल नेपाललाई यो सञ्चार माध्यम दर्ता छ या छैन ? भनेर प्रमाणिकरण झिकाउछ । त्यसरी सामाग्री प्रकाशित गर्ने डिजिटल मिडिया दर्ता छैन भने, प्रहरीले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार कारबाही अघि बढाउनुपर्छ । दर्ता छ भने पहिले प्रेस काउन्सिलमा उजुरी दिएर त्यहाँ अन्तिम निर्णय लिन प्रहरीले सुझाउँछ । त्यसपछि प्रेस काउन्सिल ऐन, २०४८ को दफा १२ बमोजिम उजुरी दिनुपर्छ ।

काउन्सिलले गलत समाचार प्रकाशित गरेको हो भने कानून अनुसार कारबाही अघि बढाउँछ । नभएपनि सच्याउनुपर्ने देखिएमा समाचार सच्याउन, क्षामा याचना छाप्न लगाउछ । गम्भीर प्रकृतिको विषय नै ठहर भए अन्य प्रचलित कानून अनुसार कारबाही गर्नका लागि सिफारिस गर्छ । तर समीक्षा शोसल मिडियाविरुद्ध जाहेरी लिएर कास्कि प्रहरी पुगिन् । कास्कि प्रहरीले यस सम्बन्धमा अहिले नै आफूहरुले कारबाही अघि बढाउन नसक्ने भन्दै केन्द्रीय साइबर ब्यूरो जान भनेको छ । समीक्षाको सोही ढाँचाको जाहेरी भए केन्द्रीय ब्यूरोलेपनि दर्ता गर्न मिल्दैन । उनी प्रेस काउन्सिल नेपाल जानु उपयुक्त देखिन्छ ।

समीक्षा अधिकारीले दिइन् फेसबुक पेजहरुविरुद्ध उजुरी

के हो गायिका समीक्षा अधिकारीको अस्ट्रेलिया प्रकरण ?

 

 

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस