२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओलीले सेयर गरेका तस्वीरको सन्देश : थुन्छन् भन्ने डर टुंग्याएकाले अब टाँसिन्छन्

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीहरुबीच एक अर्कामा झन् भन्यो, झन्  दुरी बढ्दै गएको थियो । कुनै समय लामो समयसम्म एउटै पार्टीमा सहकार्य गर्नुभएका केपी शर्मा ओली र माधवकुमार नेपालबीचको सम्बन्ध त झन्, झण्डै खोलाका दुई तिर जस्तो हुन लागेको थियो । पछि एउटै पार्टी बनाएर मिसिनुभएका पुष्पकमल दाहाल प्रचण्डपनि ओलीसँग टाढा–झनै.. टाढा हुँदै जानुभएको थियो ।

यसको फाइदा नितान्त फरक विचार राख्ने नेपाली कांग्रेसले लिइरहेको छ । यो अवस्थामा नेकपा एमाले अध्यक्ष ओलीले सेयर गरेका तस्वीरको निक्कै अर्थ बुझ्न सकिन्छ । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमाले अध्यक्ष ओली र नेकपा (एस) अध्यक्ष नेपाल एकै ठाउँमा बस्नु सामान्य हो । पूर्व प्रधानमन्त्रीद्धयलाई एउटै ठाउँमा बस्ने प्रवन्ध मिलाइएको हुनसक्छ । तर आफूसँगै बस्नुभएका माधव नेपालसँग पोज मिलाई-मिलाई आफ्ना नीजि क्यामेरापर्सनलाई तस्वीर खिच्न लगाउनु र सोमबार फेसबुकमा हाल्नु चाहिँ ‘राष्ट्रिय सम्बन्ध’ कै कुरो हुन पुग्यो ।

आफ्ना नेताहरुसँग त्यो माधव नेपालको मुख मैले कसरी हेर्नु ? भन्ने ओली केही नरम भइसक्नुभयो भन्ने यो तस्वीर सेयरबाट बुझ्न सकिन्छ । पार्टीका शीर्ष नेताहरुले ओलीले माधवको अनुहार कसरी हेर्नु हैन, माधव नेपालले पो सोच्नुपर्ने– ओलीको मुख मैले कसरी हेर्नु ? किनकी पार्टी फुटाउने त उहाँ पो हो भन्दै जाँदा ओली नरम हुँदै जानुभएको छ ।

माधव नेपालको एकीकृत समाजवादी पार्टी नै चल्न नसकेको अवस्थामा पुग्दा नेपाललेपनि ओलीको न्यानोपन खोज्नुभएको छ । झरिमा रुझेको बेला, ओलीले आफ्नो न्यानो कोट नै फुकालेर ओढाइदिए सरह तस्वीर पोष्ट्याएर ओलीले नेपालको मन खिच्दै हुनुहुन्छ । अहिले सरकारमापनि नेपाल खुशी नभएको अवस्था र आफूलाई लाग्दै आएको बालुवाटार प्रकरणमापनि क्लीन चीट पाएको अवस्थामा अहिलेको साँठगाँठ नेपालले छोड्न सक्नुहुन्छ । किनकी उहाँको राजनीतिक जीवनमा अहिलेको गठबन्धनमा टाँसिनु ठूलो दुर्घटना समान भएको छ । नेपाललाईपनि यो अनुभूति भएको छ ।

उहाँ नेकपा सरकार हुँदा ओलीले अब ललिता निवासमा माधव नेपाललाई सिध्याएर राजनीतिमा ओलीले एकछत्र राज गर्दैछन् भन्ने गलत सूचना सुनाएर मात्र यो परिस्थिती आएको पार्टीका शीर्षहरु बताउनुहुन्छ । माधव जीलाई कसले नेकपा सरकार भएका बेला एकछत्र राज गर्न ललिता निवास प्रकरणमा माधव नेपाल र डाक्टर बाबुराम भट्टराईलाई जेल हाल्ने, क्यान्टोनमेण्ट घोटलामा पुष्पकमल दाहाल प्रचण्डलाई जेल हाल्ने तयारी छ भन्ने सुनाएछन् एक शीर्ष नेताले भन्नुभयो ।  संयोगवस ललिता निवास प्रकरणमा छानबिन र भुटानी शरणार्थी प्रकरणको छानबिन त्यही बेला सुरु भएको थियो ।

अब ओलीले कांग्रेसका नेताजति सबै भुटानी शरणार्थी प्रकरणमा हाल्छन् भन्ने सूचना लिक भएपनि बाबुराम, प्रचण्ड, माधव र देउवा आत्तिएर गठबन्धन बनेको थियो उहाँले भन्नुभयो । अब त्यो विषय सेटल भएपछि कम्युनिस्टहरुले कांग्रेसको साथ छोड्छन् । नयाँ दलहरुबाट कठिन हुनसक्ने भनिएको २०८४ को चुनावका लागिपनि कम्युनिस्टहरु एक ठाउँमा रहनुपर्ने मनन एक अर्काले गरेका कारण त्यो दिन नजिक रहेको जानकारहरुको दावी छ ।

 

 

 

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस