२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजको विदेशी मुद्राको विनिमय दर, बेलायती पाउन्ड १६५ रूपैयाँ बढी

money exchange rate in nepal today

काठमाडौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ९२ पैसा र बिक्री दर १३२ रूपैयाँ ५२ पैसा तथा युरोपियन युराे एकको खरिद दर १४२ रूपैयाँ ६२ पैसा र बिक्री दर १४३ रूपैयाँ २७ पैसा कायम गरिएकाे छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ९८ पैसा र बिक्री दर १६६ रूपैयाँ ७३ पैसामा खरिदबिक्री गरिँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८४.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.९३रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४३ पैसामा काराेबार हुनेछ । जापानिज येन १० को खरिदमा ९ रुपैयाँ र बिक्रीदर ९ रुपैयाँ ४ पैसा बराबर भाउँ पाउँदा दक्षिण काेरिया १०० को खरिदमा ९ रूपैयाँ ९४ पैसा र बिक्रीदर ९ रूपैयाँ ९९ पैसा कायम भएकाे छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.१६ रुपैयाँ र बिक्री दर ३५.३२ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४७ रुपैयाँमा काराेबार हुनेछ । साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२७.५९ पैसा तथा विक्रीदर ४२९.५३ पैसा कायम भएकाे छ ।

 

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस