२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भोलि देखि नेशनल हाइड्रोपावरको लिलामी सेयर खुल्ने, जान्नुहोस् आवेदन दिने तरिका

Auction shares of National Hydropower will be opened from tomorrow : काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले भदौ १३ गतेदेखि अवितरित हकप्रद सेयर लिलामलाई आवेदन खुलाउन लागेको हो। कम्पनी यस अघि ५० प्रतिशत को हकप्रद जारि गरेको थियो। उक्त हकप्रद सेयरमा आवेदन नपरेको सेयर बिक्री गर्न तयारी कम्पनीले गरेको हो।

कम्पनीले असार २९ गते देखि साउन १८ गतेसम्म १० बराबर ५ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ करोड ४५९।७१७८ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। यी मध्य ६८ लाख ८४ हजार ७१७ कित्ता हकप्रद सेयर कम्पनीले साउन ३० गते बाँडफाँट गरेको थियो। यसमा पनि बाँकी रहेको १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता सेयर लिलाम बिक्री गर्न लागेको हो।

कहिले सम्म दिने आवेदन ?
भदौ २४ गतेसम्म आवेदन दिन सकिनेछ।

न्यूनतम मूल्य कति ?
हकप्रद सेयर लिलामीको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।

कति कित्ताको लागि दिने आवेदन ?
लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ। तेस्तै अधिकतम सेयर संख्याका लागि भने कुनै हद लाग्ने छैन।

बिक्री प्रबन्धक को हो ?
हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

कताबाट दिने आवेदन ?
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकका, ठिमी भक्तपुर, कुमारीपाटी ललितपुर, इटहरी, इलाम, पृथ्विचोक पोखरा, बुटवल, विराटनगर, वीरगंज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम पाउन र बुझाउन सक्नेछन्।

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस