२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता सारुक ताम्राकारको मृत्यु प्रकरणमा पहिलो पटक मुख खोलिन् !

shahrukh tamrakar Namrata Shrestha secret

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता सारुक ताम्राकारको मृत्यु प्रकरण बारे पहिलो पटक प्रतिक्रिया जनाएकी छिन् । सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू महिला भएकै कारण सामाजिक आक्रमण भएको आरोप लगाएकी छिन् । साथै मौनतालाई कमजोरी नठान्न चेतवानी समेत दिएकी छिन् ।

उनले आफ्नो मौनतालाई कमजोरी नठान्न भन्दै सारुकको मृत्यु प्रकरणमा आफूले प्रहरी प्रशासनमा उपस्थित भएर बयान दिइसकेको जानकारी दिएकी छिन् । सारुकप्रति न्यायको माग गर्दै उनले ‘जस्टिस फर सारुक’ लेखेकी छन् ।

प्रहरी अनुसन्धानमा आफ्नो र परिवारको तर्फबाट सहयोग रहने उल्लेख गर्दै नम्रताले प्रहरीले दूधको दूध पानीको पानी हुने गरी अनुसन्धान हुनेमा आफू आशावादी रहेको बताएकी छन् । उनले प्रहरी अनुसन्धानमा अवरोध नगर्न पनि आग्रह गरेकी छन् । नम्रता र सारुकले फिल्म ‘ह्यासट्याग’मा सँगै काम गरेका थिए । उनी मौन रहेपछि अनेकौं कड्कलबाजी भइरहेका थिए ।

 

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस