काठमाडौं । गाई हत्यारालाई कारबाहीको माग गर्दै राजधानीमा विशाल राँके जुलुस प्रर्दशन भएको छ । काठमाडौंको बानेश्वरमा राजावादीहरूले राँके जुलुस निकालिएको हो । नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवनअगाडि उनीहरूले राँके जुलुस निकालेका हुन् ।
हातमा राँको बोकेका युवाहरूले हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा नाराबाजी गरेको थिए । गोहत्या गर्न नहुने र हत्या गर्नेलाई सरकारले कारबाही गर्नुपर्ने उनीहरूले माग राखे । राजावादीहरूले आइतवार पनि बानेश्वरमा प्रदर्शन गरेका थिए । हेर्नुहोस् भिडियो