२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शान्ति सैनिकको अदलीबदली

Exchange of peacekeepers

काठमाडौं । सैनिक प्रहरी युनिट (शान्ति सेना) नवौं डफ्फाका ७१ जना शान्ति सैनिक सोमबार मिनुस्का प्रस्थान गरको छन् । प्रमुख सेनानी अशोक कुमार मल्लको नेतृत्वमा रहेका उक्त टोली संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा सेन्टर अफ्रिका रिपब्लिकमा तैनाथ उक्त मिशनमा सहभागी हुन प्रस्थान गरेका हुन् । यसअघि आइतबार मात्र सोही मिशनमा सहभागी आठौं डफ्फाका ७१ जना सैनिक प्रमुख सेनानी भगत तामाङ्गको नेतृत्वमा स्वदेश फिर्ता भएका थिए ।

हाल विभिन्‍न १३ मिशनहरुमा ६०७० जना शान्ति सैनिकसहित नेपाल संयुक्त राष्ट्रसंघलाई फौज उपलब्ध गराउने सदस्य राष्ट्रमध्ये शीर्ष दोस्रो स्थानमा रहेको छ । यस्तै, नेपालबाट ५६४ महिला शान्ति सैनिकका रुपमा खटिएका छन् । जुन महिलाहरुतर्फ शान्ति सेनामा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुमध्ये सबैभन्दा ठूलो सहभागिता हो ।

 

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस